|
फाइल फोटो

काठमाडौं : ग्लोबल आइएमई बैंकले आव२०७५/७६ मा आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैंक संचालक समितिको मंगलबारको ३२९औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाको स्वीकृतिपश्चात वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई हालसम्मकै सर्वाधिक २५.५ प्रतिशत लाभांश (बोनश शेयर १२.७५ प्रतिशत र नगद लाभांश १२.७५ प्रतिशत)  वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

ग्लोबल आइएमई बैंकले आव २०७५/७६ मा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बोनश शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ। 

बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको उल्लेख गरेको छ। बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली बैकिङ कारोबर गर्दै आएको जनाएको छ।

कूल १२९ अर्ब निक्षेप, १२१ अर्ब कर्जा लगानी रहेको बैंकको हाल १४७ वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १४८ एटिएम, तथा १८९ शाखा रहित बैंकिङ सेवा रहेका छन्। त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुक्त मोबाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिंङ सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापानलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.