|
फाइल फोटो

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि दुइटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले लमजुङ जिल्लाको बेशीशहर नगरपालिका-१, उदीपुर र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-१, नवलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या १४८ पुगेको जनाएको छ। बैंकले हाल १४८ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८९ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.