|

काठमाडौं : महालक्ष्मी विकास बैंक लिले बैकिङ सेवाको पहुँच देशभर पुर्‍याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गरेको छ।

बैंकले बुधबारदेखि बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिका-६, लेकसाइड र वडा नं २६, विजयपुरमा दुई नयाँ शाखा कार्यालयहरु विस्तार गरी बैकिङ कारोबार सञ्चालनमा ल्याएको हो। उक्त शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या १०२ पुगेको बैंकले जनाएको छ।

महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरी १०२ वटा शाखाबाट करिब ५ लाख ग्राहक माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.