|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लामा सर्वाधिक राशिको स्थानीय तहबीचको कालिकादेवी संस्थापक कप भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले हत्याएको छ। बुधबार भएको फाइनले खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई हराउँदै मेलम्ची नगरपालिकाले उपाधि जितेको हो।

फाइनले खेलमा मेलम्ची नगरपालिकाले सोझो सेटमा चौतारा साँगाचोकगढी नगरपालिकालाई पराजित गरेको हो। तेस्रो स्थानको लागि इन्द्रावती र हेलम्बु गाउँपालिकाबीच भएको खेलमा इन्द्रावतीले हेलम्बुलाई पनि सोझो सेटमा पराजित गर्यो। प्रतियोगितामा विजेता टोली र प्रतियोगितमा उत्कृष्ट भएका खेलाडीलाई प्रदेश सभा सदस्य शरेस नेपालले पुरस्कार वितरण गरे।

मंगलबार भएका सेमीफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकाले इन्द्रावती गाउँपालिका ३–२ को सेटले र मेलम्चीले हेलम्बु गाउँपालिकालाई सोझो सेटले हराउँदै फाइनलको यात्रा तय गरेका थिए।

जितसँगै मेलम्ची नगरपालिकाले एक लाख ११ हजार एक सय ११ रुपैयाँ हात पारेको छ भने दोस्रो चौतारा साँगाचोकगढी नगरपालिकाले ५५ हजार पाँच सय र  तेस्रो हुने इन्द्रावती गाउँपालिकाले २२ हजार दुई सय २२ रुपैयाँ हात पारेका छ।

सिन्धुपाल्चोकका १२ स्थानीय तहलाई आमन्त्रण गरेको भएपनि नौ ओटा पालिकाले मात्रै प्रतियोगितामा सहभागिता जनाएको कालिकादेवी माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुसिं तामाङले जानकारी दिए। प्रतियोगितामा बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र लिंसखुपाखर गाउँपालिकाले सहभागिता नजनाएको उनको भनाई छ।

प्रतियोगिताको आइतबार उद्घाटन प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद अग्नीप्रसाद सापकोटाले गरेका थिए। सिन्धुपाल्चोकको परिपेक्षमा यस्ता खेलले खेलाडि उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारण राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.