|
फाइल फोटो

काठमाडौं : सन्‍राइज बैंकले आफ्नो १२औँ वार्षिक उत्सवको अवसर र नेपालीको महान चाड दशैंलाई मध्यनजर गर्दै निःशुल्क बससेवा संचालन गर्ने भएको छ।

दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्यूनीकरण गर्ने अभिप्रायले बैंकले निःशुल्क बस सेवा दशैंको टीकाको दिन अथात् मंगलबार संचालन गर्ने जनाएको छ।

'सन्राइज दशैं यात्रा हामी सँग संगै' भन्ने नाराको साथ बैंकले काठमाडौंको दुइटा रूटमा बस सेवा संचालन गर्नेछ, जसमा बूढानीलकण्ठदेखि लगनखेलको रूट र चक्रपथ  परिक्रमाको रुट रहने बैंकले जनाएको छ।

बैंकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रूपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रम गर्दै जाने पनि जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.