खेलकुद

विनोद र करणको उत्कृष्ट प्रदर्शनमा हङकङविरुद्ध नेपालको शानदार जीत

असोज १९, २०७६

    काठमाडौं : पाँच देशको टी-२० क्रिकेट श्रृंखलामा नेपालले पहिलो खेल जितेको छ।

    ओमानमा भएको पहिलो खेलमा नेपालले आइतबार हङकङलाई चार विकेटले पराजित गरेको हो। १२६ रनको लक्ष्य पछ्याएको नेपालका लागि विनोद भण्डारीले अर्धशतक प्रहार गर्दै जीत दिलाएका हुन्।

    भण्डारीले नटआउट ५८ रन प्रहार गरेका थिए। ४८ बलको सामना गरेका भण्डारीले ४ चौका र ३ छक्काको मद्दतमा ५८ रन प्रहार गर्दै नेपाललाई जीत दिलाएका हुन्। नेपालका लागि आरिफ शेखले २१, सोमपाल कामीले १३ र पवन सर्राफले १० रन बनाउनुका अलवा अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्।

    हङकङका लागि नसरुल्ला राना र केल क्रिस्टेले समान दुई-दुई विकेट लिएका थिए।

    टस जितेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई १२६ रनको लक्ष्य दिएको थियो। हङकङलाई कम स्कोरमा रोक्नमा नेपालका करन केसीले महत्त्वपूर्ण तीन विकेट लिएका थिए। उनले एकै ओभरमा तीन विकेट लिएका थिए।

    सुरुमै धर्मराएको हङकङको इनिङलाई वकास वर्कत र किन्छित साहले सम्हालेका थिए। वकासले ३७ र किन्छितले ३१ रन प्रहार गरेका थिए। नेपालका लागि करन केसीले चार विकेट लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]