१३४ रनको लक्ष्य पछ्याउँदै नेपाल

|

काठमाडौं : पाँच देशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपाललाई दोस्रो खेलमा नेदरल्याण्डले १३४ चुनौति दिएको छ। पहिले व्याटिङ गरेको नेदरल्याण्डले निर्धारित १९.३ ओभरमा अलआउट हुँदै १३३ रन बनाएको हो। 

नेपालको तर्फबाट सबैभन्दा बढी सन्दीप लामिछाने र करण केसीले समान ४/४ विकेट लिए। संदीपले चार ओभरमा मात्र २० रन दिए भने करणले ३.३ ओभरमा १७ रन दिएर चार विकेट लिएका हुन्। यसबाहेक ललित राजवंक्षीले १ विकेट लिएका छन्। 

नेपाल लगातार दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो। यस सिरिजमा नेपाल २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। नेदरल्याण्ड आफ्नो पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो।

यस्तै नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ। यसअघि नेदरल्यान्डसँग भएका ५ खेलमध्ये नेपालले ३ खेलमा पराजय बहोरेको छ भने एउटामा जीत निकालेको छ।

एउटा खेल रद्ध भएको थियो। ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.