|

काठमाडौं : नेपालीहरूको महान चाड बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी। नेपालीहरूले आफ्ना मान्यजनबाट टीका तथा जमरा थापेर मनाउँदै छन्।

यसैबीच नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भाउजू विष्णुमायाको हातबाट टीका तथा जमरा ग्रहण गरेका छन्। दशैंको शुभ साइतमा उनले ८६ वर्षीय भाउजु विष्णुमायाको हातबाट दशैंको टीका थापेका हुन्।

नेपाल पञ्चांग निर्णायक समिति १०: ३५ बजेलाई उत्तम साइत भनेको छ। सोही साइतमा नेता पौडेलले दशैंको टीका ग्रहण गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.