|

काठमाडौं : परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको छ। मन्त्रालयले बुधबार सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार राष्ट्रपति सी अक्टोबर १२ (असोज २५) गते काठमाडौं आउने छन्। उनको भ्रमण दुई दिने रहने मन्त्रालयले जारी गरेको भ्रमण तालिकामा उल्लेख गरिएको छ। 

चिनियाँ राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा सीधै काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको हो। नेपाल र भारत दुवै देशमा एक/एक रात बिताएपछि १३ अक्टोबर अर्थात् असोज २६ मा उनी बेइजिङ फर्किनेछन्। सीको नेपाल भ्रमणको बेला नेपाल र चीनबीच केही परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ। 

नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। चिनियाँराष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रमसमेत छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.