|

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण तालिका सार्वजनिक भएसँगै उनको स्वागतको तयारी तीव्र पारिएको छ। यस्तै सरकारले चिनियाँ राष्ट्रपतिको तर्फबाट २३ वर्षपछि हुन लागेको यो भ्रमणमा कसरी बढी उपलब्धी लिन सकिन्छ भनेर विभिन्न पक्षसँग छलफल गर्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सीको नेपाल भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्न लागेका छन्। छलफलका लागि बिहीबार बिहान ९ बजे पूर्वप्रधानमन्त्रीहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको छ।

विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने प्रचलनअनुसार नै प्रधानमन्त्रीले छलफल गर्न लागेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 

छलफलका लागि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्दलगायतलाई बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.