|
फाइल फोटो

स्याङ्जा : स्याङ्जाको हरिनास गाउँपालिका-५ बलिथुममा गएराति एक युवकको हत्या भएको छ।

छ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए।

इलाका प्रहरी कार्यालय चिसापानीबाट राति नै घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले हत्यामा संलग्नमध्ये पाँचजनालाई पक्राउ गरिसकेको र एकजनाको खोजी कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए। घटनाका कारण भने खुल्न सकेको छैन।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.