समाज

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

असोज २३, २०७६

    सप्तरी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी बिहीबार दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।  

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६८ प ६८८७ नंको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ज ६ प ५८५३ नंको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। सो दुर्घटनमा बा ६८ प ६८८७ नंको मोटरसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका १ पिपरा बस्ने २७ वर्षीय अरविन्द चौधरीको मृत्यु भएको छ।

    ज ६ प ५८५३ नम्बरको मोटरसाइकलमा सवार अर्का खड्क नगरपालिका ६ बिसनपुर बस्ने २८ वर्षीय अनबारुल अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। 

    सो दुर्घटनामा घाइते भएका चौधरी र अन्सारीको उपचारका लागि राउ स्मारक अस्पताल लहान सिरहामा भर्ना गरेपनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए। त्यस्तै सोही मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन्। उक्त दुर्घटनमा परी घाइते हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका १ पिपरा बस्ने १८ वर्षीय देवानन्द चौधरी र खड्क नगरपालिका ६ बिसनपुर बस्ने ४० वर्षीय मोहम्मद किसुधीन रहेका छन्।

    उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। यता दुवै मोटरसाइकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]