|

काठमाडौं : कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको छनोटमा नेपाल अष्ट्रेलियासँग फराकिलो अन्तरले पराजित भएको छ।

अष्ट्रेलियाको राजधानी क्याबेरामा भएको खेलमा नेपालविरुद्ध अष्ट्रेलियाले ५ गोल हानेको थियो। नेपालको तर्फबाट गोल भएन।

जिओ स्टेडियममा बिहीबार सम्पन्न खेलमा नेपालविरुद्ध अष्ट्रेलियाका जेमी म्याकलारेनले ह्याट्रिक गरेका थिए।

नेपालविरुद्ध अष्ट्रेलियाले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरेको थियो। अष्ट्रेलियाले २३ मिनेटभित्रै तीन गोल गरेको थियो। उसले खेलको छैटौँ मिनेटमा गोलको खाता खोलेको थियो।

अष्ट्रेलियाले खेलको छैटौँ, १९औँ र २३ औँ मिनेटमा गोल गरेको थियो। खेलको दोस्रो हाफको ५९औँ र अन्तिम मिनेटमा अष्ट्रेलियाले गोल गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.