|

नवलपरासी : पश्चिम नवलपरासीमा बिहीबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।  

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ दाउन्ने मोडमा आज पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नं को ट्रकले विपरित दिशाबाट जाँदै गरेको ना ४३ प २९७९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। 

सो घटनामा ट्रकका चालक र सहचालक गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय सञ्जीवनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन। 

यस्तै खाल्डोमा जमेको पानी विद्युतीय मोटरबाट निकाल्ने क्रममा करेन्ट लागेर पश्चिम नवलपरासीमा एक युवकको मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका ५ बसहियाका २२ वर्षीय अभिमन्युसिंह कुर्मीको उपचारका क्रममा आज मृत्यु भएको हो।

उनको  नवलपरासीको बर्दघाटस्थित शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.