|

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी समेत रहेका जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको व्यापारीक मेला लाग्ने भएको छ।

सिया इवेंट्स एण्ड एसोसिएट्सले जनकपुरधामको व्यापार क्षेत्र तथा आर्थिक स्तर उकास्न अन्तराष्ट्रिय स्तरको व्यापारिक मेला ‘जनकपुर महोत्सव २०१९’ आयोजना गर्न लागेको हो। यो मेलामा छिमेकी राष्ट्र भारत, पाकिस्तान र बांग्लादेशका विभिन्न क्षेत्रका व्यापारीको सहभागिता रह्नेछ।

शुक्रबार जनकपुरधाममा सिया इवेंट्सले पत्रकार सम्मेलन गरी कार्तिक १ देखि ५ गतेसम्म तिरहुतिया गाछीमा मेलाको आयोजना हुने जानकारी गराए। करिब ५० लाखको लागतमा आयोजना हुने यस मेलामा १ लाखभन्दा बढी विभिन्न क्षेत्रका व्यक्तिले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ। मेलामा ७५ भन्दा बढी स्टल रहनेछ।

मेलामा गार्मेंट्स, छाला जन्य उत्पादन, किचेन वेयर, होम एप्लायंसेस, अटो मोबाइल्स, हेल्थ एण्ड फिटनेस, कन्स्ट्रक्शन बैंक तथा वित्तीय संस्थालगायत अन्य विभिन्न किसिमका अति आवश्यक सामग्रीको स्टल रहने आयोजकले जनाएको छ।

मेलाले जनकपुरधामको आर्थिक अवस्थालाई मजबुत पार्न मद्दत पुग्ने आयोजकको विश्वास छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.