|

 एजेन्सी : भारतले मलेसियामाथि व्यापारिक प्रतिबन्ध गर्ने भएको छ। संयुक्त राष्ट्र संघको बैठकमा मलेसियाले भारतले कश्मीरमा गरेको गतिविधि गैरकानुनी भएको भनेर टिप्पणी गरेको थियो।

महासभाको बैठकमा पाकिस्तानलाई साथ दिएको आरोप लगाएको  छ। मलेसियाबाट भारततर्फ आयात हुने पाम तेलमा प्रतिबन्ध लगाउने भएको हो। भारतले मलेसियालाई व्यापारिक प्रतिबन्ध लगाउने पत्राचार गरिसकेको समेत उल्लेख गरिएको छ।

भारतमा कुल खाद्य तेलको खपत सबैभन्दा बढी ताडी तेलको हुन्छ। जसको दुईतिहाइ ताडी तेलको माग हुने गर्छ। भारतले वर्षेनी ९० लाख ताडी तेल आयात गर्ने गर्छ। सबैभन्दा बढी इन्डोनेशिया र मलेसियाबाट आयात हुने गर्छ। वर्षको सुरुवातमा ९ महिनामा मलेसियाबाट ३९ लाख टन तेल आयात गरेको छ।

भारतमा ताडीको तेल अर्जेन्टिना र युक्रेनबाट आउने गर्छ। रिपोर्टका अनुसार मलेसियाबाट आउने तेलमा अब प्रतिबन्ध लाग्न सक्छ। जसबाट इन्डोनेसियालाई राहत हुनेछ।

यसैगरी मलेसियाको प्रधानमन्त्री महाथिर मोहम्मदले भारतबाट त्यस्तो कुनै व्यापारिक प्रतिबन्ध लगाउने कुनै पनि पत्र नआएको जानकारी दिएका छन्। रोयर्टसको रिपोर्टसका अनुसार पाँच दिन देखि मलेसियामा ताडीको तेलको भाउमा भारी गिरावट भएको छ।

मुम्बईका एक व्यापारीका अनुसार मलेसियाबाट तेल नआए पनि तेलको समस्या हुदैँन। यसले यहाँ कुनै असर पर्दैन। इन्डोनेसिया सरकार पनि इन्डोनेसियाबाट बढी मात्रामा ताडीको तेल आयात गरोस भन्ने चाहन्छ। इन्डोनेसियालाई भारतले सखर निर्यात गर्न चाहेको छ।गत महिना संयुक्त राष्ट्र सभाको बैठकमा कश्मीरको मुदामा भारतले पाकिस्तानसँग सल्लाह गर्नुपर्ने मलेसियाको प्रधानमन्त्री महाथिर मोहम्मदले बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.