|

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच करिब ६ घण्टा लामो  वार्ता भएको छ। शनिबार अपरान्ह नेपाल उड्नु अघि सीले मोदीसँग लामो वार्ता गरेका हुन्। 

मोदी र सीबीच शुक्रबार अपरान्ह, राति डिनरमा र शनिबार बिहान पनि वार्ता भएको हो। भारतीय स    ञ्चारमाध्यमका अनुसार पटक पटक गरी ६ घण्टा वार्ता भएको हो। 

उनीहरुबीच पूर्वनिर्धारित कार्यक्रम अनुसार  यति लामो छलफल भएको हो। दुई नेताबीच पटक पटक वान-ट-वान वार्ता पनि भएको छ। दुई नेताबीच गत अप्रिलमा पनि चीनको वुहानमा दुई नेताबीच भेटवार्ता भएको थियो । 

मोदीले सीलाई शुक्रबार दिउँसो स्वागत गरेका थिए। त्यसपछि सीलाई अर्जुन तपस्यास्थली र तट मन्दिरको दर्शन गराए। 

महाबलीपुरममा सांस्कृतिक कार्यक्रमपछि मोदीले सीलाई रात्रीभोज गराए। शनिबार बिहान उनीहरुले छलफल गरे । त्यसक्रमा सँगै हिँडेका  थिए।

दुवैले त्यसक्रममा आतंकवाद र कट्टरपन्थीको तनावबारे चिन्ता जनाए। शुक्रवार राति भारतीयय विदेश सचिव विजय गोखलेले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.