|

सिन्धुपाल्चोक : चीनका राष्ट्रपति सी जिनपिङ काठमाडौं आइपुगेका छन्। उनलाई नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमा स्वागत गरेकी छन्। दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति नेपाल आएका हुन्। 

सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेका हुन्। विमानस्थलमै सैनिक सलामी अर्पण गरेका छन्। लामो समयपछि नेपाल आएका चिनियाँ राष्ट्र प्रमुखसामु नेपालले दर्जन बढी योजना प्रस्ताव गर्दैछ।

नेपालले नेपाल र चीनबीचको प्रमुख तातोपानी नाकालाई प्राथमिता दिएको छ। तातोपानी नाका व्यवस्थित गर्ने प्रस्ताव गर्ने तयारी गरेको छ। भूकम्पपछि बन्द रहेको तातोपानी नाका चार बर्षपछि जेठ १५ गतेबाट औपचारिक रुपमा खुल्यो। तर, तातोपानी नाका सञ्चालनको प्रमुख जड सडक नै समस्यामा छ। त्यसैले चिनियाँ राष्टपति सीलाई नेपालले तातोपानी काठमाडौं सडकको स्तरोन्नतिको प्रस्ताव अघि सार्दैछ।

चिनियाँ पक्षको सक्रियतामा चारवर्ष बन्द भएको तातोपानी जेठबाट सञ्चालनमा आएको हो। तातोपानी नाकालाई व्यवस्थित गर्नका लागि चिनले लार्चामा अत्याधुनिक प्रविधिको सुख्खा बन्दरगाह निर्माण गरेको छ।

व्यवस्थित सडक नहुँदा तातोपानी नाका सञ्चालनमा समस्या पर्दै आएको छ। सडककै कारणले पनि दशैँ अघि करिब एक सातासम्म तातोपानी नाका बन्द भएको थियो। तातोपानी नाका नेपाल र चीनबीचको व्यापारको लागि सहज नाकाको रुपमा लिइन्छ।

पछिल्लो समयमा सरकारले बैकल्पिक नाकाको रुपमा रसुवाको केरुङ नाकालाई पनि लिइएको छ। सरकारले तातोपानी काठमाडौँसँगै रसुवा करुङ सडकको स्तरोन्नतिको समेत प्रस्ताव गर्दैछ। सरकारले राष्ट्रपति सीसामू केरुङ काठमाडौं रेलमार्गलाई उच्च प्राथमिकताको साथ राखेर अगाडि बढाउन प्रस्ताव गर्दैछ।

केरुङ काठमाडौं रेलमार्ग र केरुङ रसुवा सडकको स्तरोन्नति भएको खण्डमा तातोपानी नाकाबाट हुने सदावहार व्यापारको तुलनमा केही कमी आउनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.