|

काठमाडौं :  चिनियाँ राष्ट्रपति सी चिनपिङ र पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

शनिबार साँझ सोल्टी होटलमा देउवा र सीबीच भेटवार्ता भएको हो। दुवै नेताले करिब २० मिनेट कुराकानी गरेका थिए। भेटमा देउवाले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई)प्रति आफ्नो समर्थन बताएका थिए। उनले नेपालमा चिनियाँ लगानीको अपेक्षा पनि प्रस्तुत गरेका थिए।कांग्रेसले समर्थन राखिरहेको एक चीन नीतिप्रति सीले आभार व्यक्त गरेका थिए। भेटमा उनले देउवालाई चीन भ्रमणको निम्तोसमेत दिएका छन्।

आज राष्ट्रपति सीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न दलका नेतासँग भेट्ने कार्यक्रम रहेका छ भने  उनले प्रधानमन्त्रीसँग पनि आजै भेटवार्ता गर्ने र केहि सम्झौतामा पनि हस्ताक्षर हुने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.