|

काठमाडाैं : दरबारमार्गमा रहेको भिक्ट्री क्लबमा आगलागी भएको छ। आइतबार साँझ क्लबमा विद्युत गडबडी हुँदा आगलागी भएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ।

क्लबमा साउन्डप्रुफ बनाउन प्रयोग गरिएका फोम र प्लाइउडका कारण तत्काल आगो निभाउन कठिन परेको प्रहरीले जनाएको छ। प्रहरीले आगो लाग्नासाथ क्लबमा रहेका सबै मानिसको सुरक्षित उद्धार गरेको पनि प्रहरीले जनाएको छ।

आइतबार साँझ बेलुका ६ बजेर १० मिनेटदेखि सुरु भएको आगाे करिव ३ घण्टापछि नियन्त्रणमा आएको थियो। क्लवमा विद्युत् सर्ट भएर आगो लागेको काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।

आगो नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सक्रियतामा ८ वटा दमकल प्रयोग गरिएका थिए।

आगलागीबाट क्लब भिक्ट्री पूर्ण रुपमा जलेको छ। आगो निभाउने क्रममा एक जना फायर फाइटर घाइते भएका छन्। घाइते फायर फाइटरलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको छ।

आगलागीबाट लाखौँको क्षति भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.