|

डडेल्धुरा : आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ।

आइतबार राति ५२ वर्षीय मानबहादुर बोहरालाई स्काभेटरले किचेको जिल्ला प्रहरी कार्याल, डडेल्धुराले जनाएको छ। परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरतर्फ आइरहेको बा २ क ५४६४ नम्बरको स्काभेटरले किच्दा पैदल यात्री बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

चालकको लापरवाहीले घटना भएको स्थानीयको दाबी छ। स्काभेटरले परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदको निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा प्रालि, कैलालीको रहेको जनाइएको छ। 

स्काभेटर चालक शेरबहादुर महरा भने फरार रहेका छन्। उनको खोजीकार्य तीव्र पारिएको डीएसपी न्यौपानले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.