|

सुनसरी : प्रहरीले एकजना युवकलाई पेस्तोल र लागुऔषधसहित पक्राउ गरेको छ। धरान उपमहानगरपालिका-९ डेरा गरी बस्ने कोशी गाउँपालिका-३ निवासी २३ वर्षीय निरजकुमार राउतलाई हतियार तथा लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान, गोली १३ राउण्ड, अवैध लागूऔषध खैरो हेरोइन ७ ग्राम, नियन्त्रित लागुऔषध डाइलेक्स डिसी १ सय एमएलको २ सय २५ बोतल, नाइट्रोसन १० लेखिएको ६ सय ४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल, लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान बरामद भएको छ।

त्यसैगरि उमाशंकर प्रसाद गुप्ताको नामको भारतीय सवारी चालक अनुमतीपत्र १ थान, बिआर ५० के ४०५९ लेखिएको मोटरसाइकलको नम्बरप्लेट १ थान र मोबाइल २ थान प्रहरीले बरामद गरेको   छ ।  

राउतले लागुऔषध बिक्री गर्दै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त हातहतियार र लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यसबारे  प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.