मूल नारा, ‘म, मेरो एनआरएनए र मेरो नेपाल’

|

काठमाडौं  : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु हुँदैछ। 

एनआरएनएले सोमबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो। एनआरएनएले नवौँ सम्मेलनमा विश्वका ८१ मुलुकबाट २ हजार ५ सय जना प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ मूल नारासहित यो पटकको सम्मेलन हुँदैछ।

सन् २००३ मा स्थापना भएको गैर आवासीय नेपालीहरुको यो संगठनको नेतृत्वका लागि यो पटक कुल आचार्य र कुमार पन्त चुनावी मैदानमा छन्। अघिल्लो पटक निर्वाचित भवन भट्टले एकै कार्यकालमा नेतृत्व हस्तान्तरण गर्दैछन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.