|

ओखलढुंगा : पर्यटन वर्ष २०२० लाय लक्षित गरी खिजी देम्वाको देम्वामा रिसोर्ट संचालन हुने भएका छन्।

ओखलढंगाको सबै भन्दा अग्लो स्थान ३ हजार ३५० मिटर उचाइमा रहेको देम्वा डाँडामा रिसोर्ट संचानलन हुने भएका हुन्। जिल्लाको पश्चिम क्षेत्रमा पर्ने जिल्लाकै सबैभन्दा अग्लो रमणीय देम्बा डाँडामा पर्यटन वर्ष २०२० लक्षित गरी रिसोर्ट संचालन गरेपछि पर्यटकलाई सुविधा हुनेमा आफू विश्वस्त रहको र गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि संघीय सरकार  प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित वजटले पूर्वाधर निर्माण गरिरहको गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले बताए। 

दुर्गममा ५० लाख लगानी गरी पर्यटकलाई सेवा सुबिधाको लागि दावा एग्रो कम्पनी द्वारा संचालन गर्न लागेको रिसोर्टको उद्घाटन आगामी कार्तिक ९ गते गरिने कम्पनीका प्रवन्धक आङदावा शेर्पाले बताए। 

दुईवटा घरमा २० कोठाको सुबिधा सम्पन्न रिसोर्ट  संचालन भए पछि देम्वा पुगेका पर्यटकले बस्न कै लागि खिजीफलाटे बजार झर्न नपर्ने उनको भनाई छ। एग्रो कम्पनीले हरेक नयाँ वर्षमा शुभकामना आदनप्रदान तथा देम्वा आउने पर्याटकलाई स्वागत गरर्ने शेपाले बताए।

सरकारले निर्धारण गरेका १०० गन्तब्य माध्ये ओखलढुंगाका दुईवटा पर्यटकीय स्थान देशकै दोस्रो अग्लो पोकली झरना र देम्वाडाँडामा पर्यटन प्रवर्द्धनका लागि स्थानीय अगसर भएर लागि परेका  छन्। पोकली-चुलि-देम्वाहरदैसोलुकोपिके सम्मको पदमार्ग निर्माणमा समेत स्थानीय लागि परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.