अर्थशास्त्रतर्फको नोबेल पाउने इस्तर दोस्री महिला

|

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरिएको छ। यो पुरस्कार पाउनेमा एक भारतीयमूलका अमेरिकी अर्थशास्त्री पनि छन्।  

यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा पाउनेमा भारतीय मूलका अभिजित बनर्जी, इस्तर डुफलो र माइकल क्रेमर रहेका नोबेल पुरस्कार कमिटीले जानकारी दिएको छ। अभिजितकी श्रीमतीसमेत रहेकी इस्तर फ्रान्सेली हुन् भने माइकल अमेरिकी नागरिक हुन्।

यी तीन अर्थशास्त्रीलाई संसारबाट गरिबी हटाउन गरिएको खोजका लागि सम्मानित गरिएको हो। पछिल्ला दुई दशकमा उनीहरूको खोजले गरिबी हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ। संसारभर हाल ७० करोड जनता गरिबीमा रहेका छन्।

अभिजितको खोजले भारतमा अपांगता भएका स्कुले विद्यार्थीहरूको शिक्षा व्यवस्था राम्रो बनाएको र त्यसबाट ५० लाख बालबालिकालाई प्रत्यक्ष फाइदा पुगेको बताइएको छ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाउने इस्तर डुफलो अभिजितकी श्रीमती हुन्। उनी अर्थशास्त्रमा सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार जित्ने महिला बनेकी छन्। र, अर्थशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गर्ने उनी दोस्रो महिला हुन्।

नोबेल पुरस्कारमा आफ्नो नाम घोषणा भएपछि इस्तरले महिला पनि सफल हुन सक्छन् भन्ने देखेर संसारभरका महिलालाई प्रेरणा मिल्ने प्रतिक्रिया दिएकी छन्। यो देखेर पनि पुरुषले महिलालाई सम्मान दिनेमा उनको विश्वास छ।

अभिजित भारतीय मूलका अमेरिकी हुन्। उनले भारतको प्रसिद्ध विश्वविद्यालय जवाहरलाल नेहरू विश्वविद्यालयबाट पढाइ गरेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.