|

जनकपुरधाम : वैदेशिक रोजगारका क्रममा दुबईमा धनुषाका एक कामदारको दुर्घटनामा मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ भगवतीपुरका अन्दाजी ३५ वर्षीय सिकिन्दर राउत छन्।

दुबईको अलटुसस्थित कम्पनीबाट फर्किने क्रममा सवारी दुर्घटनामा परी राउतको मृत्यु भएको हो। धनुषास्थित घरमा दुर्घटनामा राउतको मृत्यु भएको खबर उनका साथीहरूले गराएका छन्। जीप दुर्घटनामा घाइते राउतको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको बताइएको छ।

राउतको मृत्यु भएको खबर पाएपछि धनुषाको लक्ष्मीनियास्थित घरमा रुवाबासी मच्चिएको छ। दुबईमा रहेका राउतका गाउँले मिश्री राउतले घटनाबारे जानकारी गराएका छन्।

राउतका श्रीमती, एक छोरा र चार छोरी रहेको स्थानीय शत्रुधन यादवले जानकारी दिए। उनका अनुसार मृत्युको खबर पाएपछि घरमा दुई दिनदेखि सबै शोकमा डुबेका छन्। मृतक राउत १० वर्ष अगाडि दुबईमा कामदारको रुपमा कार्यरत थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.