|

धनुषा : राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह पक्राउ परेपछि जनकपुर विमानस्थलमा सुरक्षा कडा पारिएको छ। 

जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड र कर्मचारीमाथि हातपातमा संलग्न सांसद साहलाई मंगलबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरिएको छ। 

ओखलढुंगा जान आन्तरिक टर्मिनलको भीआइपी कक्षमा कुरिरहेका साहलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। जिल्ला अदालत जनकपुरले  पूर्जी जारी गरेपछि साहलाई पक्राउ गरिएको हो। 

उनलाई पक्राउ गरिएपछि प्रदर्शन हुने आशंकामा सुरक्षा कडा बनाइएको हो। अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले साहलाई जनकपुर पठाउन लागिएको बताएका छन्। 

विमानस्थलको गेटमा परिचालित सुरक्षाकर्मीले पत्रकारलाई समेत परिचयपत्र देखाएर मात्रै प्रवेश अनुमति दिएका छन्। अहिले ठूलो संख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.