|

काठमाडौं : गैर-आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफ्नो दुईवर्षे कार्यकालमा उल्लेख्य काम भएको दाबी गरेका छन्। नयाँ नेतृत्व छनोटको लागि काठमाडौंको होटल ह्‍यातमा भएको अधिवेसनको क्रममा उनले उल्लेख्य काम भएको दाबी गरेका हुन्।

उनले तीनवटा मेगा प्रोजेक्ट आफ्नै कार्यकालमा अन्तिम चरणमा पुगेको बताए। जसअन्तर्गत बालुवाटारमा गैरआवासीय नेपाली संघको अत्याधुनिक भवन निर्माण भएको छ। गोरखाका गैरआवासीय नेपालीहरूको सहयोगमा लार्पाक बस्ति निर्माण गरिएको छ भने शंखमुलमलमा पार्क निर्माणको काम सकिएको छ। 

भट्टले आफ्नो कार्यकालमा पदाधिकारीहरू कसैको पनि मन नदुखाएको दाबी गरे। 'मेरा पदाधिकारीहरू कसैको पनि मन दुखाइन। यस हिसाबले पनि कार्यकाल उल्लेख्य रह्‍यो' भट्टले भने।

उनले अबका दिनमा काम गर्नका लागि पनि योजनाहरू अघि सारिएको बताए। नेपालका लागि नेपाली भन्ने नारासहित सुरु गरिएको एनआरएन अभियानले सार्थक रूप पाएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.