|

संखुवासभा : जिल्लाको पाँचखपन नगरपालिकाका जनप्रतिनिधिहरूको निजी खर्चमा सडक मर्मत गरेर यातायात सञ्चालन गरेका छन्।

पाँचखपन नगरपालिकाका  प्रमुख विपिन राई र १ नम्बरका अध्यक्ष टेकबहादुर बुढाथोकीको खर्चमा सडक मर्मत गरेरपछि ४ महिनापछि बस सञ्चालन भएको छ। वर्षाले गत असार १५ देखि ठूला तथा साना सवारी साधन आवत-जावत बन्द भएका थिए। 

वर्षायामले खोलामा बिग्रीएको बाटो र सडक मर्मत गरेपछि बस सेवा सुरु गरिएको बुढाथोकीले जानकारी दिए। हेवाँ खोलामा पक्की पुल नहुँदा सवारी आवागमनमा समस्या भएको थियो।

जनप्रतिनिधिले आइतबार र सोमबार हेवाँ खोलामा इस्काभेटर प्रयोग गरी बाटो मर्मत गरेपछि धरानदेखि चैनपुर हुँदै पाँचखपन र पाँचखपनबाट सभापोखरी गाउँपालिकाको बाह्रबिसे बजारसम्म बस सुचारु भएको वडाध्यक्ष बुढाथोकीले बताए। यसअघि मेयर विपिन राई वडाध्यक्ष टेक बुढाथोकीले असोज १७ गतेदेखि भ्याकुलोडर प्रयोग गरेर सडक मर्मत सम्पन्न गरेका थिए।

उक्त सडक मर्मतमा दुई लाख रुपैयाँ व्यक्तिगत खर्च भएको उनीहरुको भनाई छ। उनीहरूले नगरपालिकाका मुख्य सडकखण्डहरू बडहरेनी-वाना, वाना-बिहीबारे, बिहीबारे-चुङखुरुङ, चैनपुर-बाह्रबिसे सडकखण्ड अन्तर्गतको वाना-ओक्तेन सडक मर्मत गरेको जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.