|
फाइल फोटो

जाजरकोट ः वालवविवाह न्यूनीकरणका लागि अभियानमा लागेका अभियान्ता नै वालविवाहमा संलग्न भएका कारण अभियान प्रभावहीन देखिएको छ। 

पञ्च भयार मावि जिकुवा नलगाड नगरपालिका ८ मा वालविवाह न्यूनीकरणका लागि भन्दै बहुआयमिक विकास तथा अध्यायन मञ्चले साझेदार निकाय केडको सहयोगमा काम गदै आएको थियो। वालविवाह विरोधी अभियान सुरु भएको तीन वर्ष वित्दासम्म सोही अभियानमा लागेकाले धमाधम विवाह गर्न थालेपछि सो कार्यक्रम प्रभावहीन भएको स्थानीयवासीले बताएका छन्।

वालविवाह न्यूनीकरणका लागि भन्दै लाखै रकम खचिए पनि वालविवाह गर्ने क्रम नरोकिएपछि समस्य उत्पन्न भएको जनप्रतिनिधिहरू बताउँछन्। कार्यक्रमले सहयोग भन्दा पनि झन वालविवाह बढाउने तीर लागेको शिक्षकहरू बताउँछन्। कार्यक्रम लागू भएको विद्यालय पञ्च भयार माविमा दुई पटक विद्यार्थी वालिका विरामी नै भएकोले पढाई समेत प्रभावित भएको थियो।

वालअभियानका रुपमा छनोट भएर प्रशिक्षण लिएकाहरूले नै उमेर नपुग्दै विवाह गरेका कारण अभियान सञ्चालन गर्न चुनौतीपूर्ण देखिएको छ। महिला संरक्षण मञ्च जाजरकोटले पनि सञ्चालन गरेको यो कार्यक्रम अहिले बहुआयमिक विकास तथा अध्यायन मञ्च जाजरकोटले जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकाम कार्यक्रम गर्दै आएको छ।

तीन वर्षको अवधिमा नलगाड वडा ८ (साविकको खगेनकोट ५,६) मा झण्डै ५ जना भन्दा बढी उमेर नपुगेका वालअभियानीले विहे गरेको पाइएको छ। 
गाउँ, गाउँमा गएर वालविवाह न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमदेखि प्रशिक्षण कार्यक्रम गरेको भन्दै रकम खर्चे पनि सो प्रभावहीन देखिएको छ। भेरी नगरपालिकाको भुरमा भएको एक कार्यक्रममा बालविवाह न्यूनीकरण गर्न समस्य भएको मावि भुरमा शिक्षकले बताएका छन्।

महिलाको स्वास्थ्य तथा प्रजनन अधिकारका विषयमा केन्द्रीत रहेको यो कार्यक्रम गाउँका सर्वसाधारणलाई सचेतना फैलाउने कार्यमा भन्दा पनि व्यक्तिगत फाइदामा लागेका कारण कार्यक्रम सफल हुन नसकेको स्थानीयवासीहरू बताउँछन्। 

नागरिक अगुवाको परिचय बनाएका मञ्चका अध्यक्ष आफैँ बिभिन्न प्रपोजल लेख्दै स्थानीय तहमा केन्द्रीत भएर कमाउ धन्धामा लागेपछि थप कार्यक्रम प्रभावहीन भएको हो। कर्मचारी नियुक्ति प्रक्रियामा आफू निकट र मोटो रकम असुलेर नियुक्ति गरिएको कार्यक्रताले प्रभावकारी काम नगर्दा प्रभावहीन भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.