|

धनगढी : नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेशले धनगढीमा चियापान कार्यक्रमको आयोजना गरेको छ। विजया दशमी, दीपावली तथा छठ पर्बको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो।

चियापान कार्यक्रममा नेकपाका प्रदेशका इन्चार्ज तथा स्थायी कमिटी सदस्य भीम रावल, प्रदेश अध्यक्ष कर्ण थापा, स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री लेख राज भट्ट, सह–इन्चार्जहरू, सचिव, प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेशका सभामुख, उपसाभामुख, मन्त्री, सुरक्षा निकायका प्रमुख लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो। 

चियापान कार्यक्रम पूर्व आयोजना गरिएका औपचारिक कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा विकासमा र समृद्धिको आवश्यकता रहेको प्रदेशका इन्चार्ज रावलले बताएका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.