थाहा संवाद

स्वदेश फर्किनेलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्छौं
SHARES

नेपाली डायस्पोरा नेपालको विकासका साझेदार

असोज २९, २०७६

    गैर-आवासी नेपाली संघको नबौ अन्तर्राष्ट्रिय सम्मेलनमा आयोजक समितिबाट अध्यक्षको जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले लिएका छन्। नेपाल सरकार, गैर-आवासीय नेपाली संघ  र नेपाल उद्योग वाणिज्य महासंघले सम्मेलनको आयोजना गरेका हुन्। विश्‍वभर छरिएर रहेका नेपाली प्रतिनिधिसहित प्रत्येक वर्ष अन्तर्राष्ट्रिय सम्मेलन गर्ने गरिएको छ। एक वर्ष नेपालमा र एक वर्षमा विदेशमा हुने गरेको छ। नेपालमा हुने सम्मेलनमा सरकारको तर्फबाट समेत खर्च गर्ने गरिएको छ। सम्मेलनमा उठाइने एजेण्डाले सरकारले अघि सारेका अभियान र नेपालमा वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्‍ने सरकारको अपेक्षा रहदै आएको छ। नबौँ अन्तर्राष्ट्रिय सम्मेलनमा 'म, मेरो एनआरएनए र मेरो नेपाल' भन्‍ने नाराका साथ एजेण्डाहरू तय गरिएको छ। यसै सन्दर्भमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग गरिएको कुराकानी:

    अहिलेको एनआरएनको भूमिकालाई कसरी नियाल्नुभएको छ? 

    संसारभर छरिएका नेपाली या नेपाली डायस्पोरा नेपालका निम्ति अवसर हुन्। उहाँहरूको विदेश बसाइले अवसर उपलब्ध गराएको छ। संसारको आधुनिक प्रविधिसँग जोडिने, आधुनिक शिक्षा हासिल गर्ने, उत्कृष्ट कम्पनीमा काम गर्ने, त्यसमार्फत साधन-स्रोत आर्जनको ज्ञान हासिल गर्ने र प्रविधिमा दक्खलता हासिल गर्ने अवसर प्राप्त भएको  छ।

    त्यसलाई नेपाल सरकारले राज्यको समेत सम्पदाको रूपमा हेर्छ। नेपाली डायस्पोरालाई नेपालको विकासको साझेदारका रूपमा अगाडि लैजान्छ। त्यसका निम्ति हामीले हाम्रा नीतिलाई पनि महत्वका साथ उठाएका छौं। व्यावहारिक रूपमा पनि गैरआवासीय नेपालीले आर्जन गरेका स्रोत, ज्ञान, प्रविधि र सीपलाई नेपालको विकासमा लगाउने उपयुक्त ढाँचाको विकास गरिरहेका छौं।

     गैरआवासीय नेपालीको लगानी भित्र्याउन सरकारले कस्तो खालको वातावरण निर्माण गरेको छ? 

    संसारभर छरिएका नेपाली या नेपाली डायस्पोरा नेपालका निम्ति अवसर हुन्। उहाँहरूको विदेश बसाइले अवसर उपलब्ध गराएको छ। संसारको आधुनिक प्रविधिसँग जोडिने, आधुनिक शिक्षा हासिल गर्ने, उत्कृष्ट कम्पनीमा काम गर्ने, त्यसमार्फत साधन-स्रोत आर्जनको ज्ञान हासिल गर्ने र प्रविधिमा दक्खलता हासिल गर्ने अवसर प्राप्त भएको  छ।

    नेपालमा लामो समय राजनीतिक अस्थिरता रह्यो। त्यही कारण विदेशी लगानीकर्तालाई जस्तै गैरआवासीय लगानीकर्ताको पनि नेपालप्रति विश्वास नबनेको अवस्था थियो।

    लगानी सुरक्षित हुन्छ कि हुँदैन, यहाँबाट आर्जन गरेको मुनाफा फिर्ता लैजाने सुनिश्चिता हुन्छ कि हुँदैन, खर्चको सदुपयोग हुन्छ वा हुँदैन भन्ने उहाँहरूको जायज चिन्ता थियो। राजनीतिक स्थायित्वसँगै हामीले लगानीको क्षेत्रमा जुन महत्वपूर्ण कानुनी सुधार गरेका छौं।

    यसले उहाँहरूको त्यो चिन्तालाई हटाउने काम गरेको छ। हामीले लगानीका क्षेत्र पनि पहिचान गरेका छौं। हामीले उहाँहरूलाई भनेका पनि छौं, नेपालीमा लगानी गर्नु भनेको ठूलो मुनाफा आर्जन गर्नु पनि हो। नेपालमा लगानी गर्ने कसैले पनि घाटा बेहोर्नुपरेको छैन।

    लगानी सुरक्षित हुन्छ कि हुँदैन, यहाँबाट आर्जन गरेको मुनाफा फिर्ता लैजाने सुनिश्चिता हुन्छ कि हुँदैन, खर्चको सदुपयोग हुन्छ वा हुँदैन भन्ने उहाँहरूको जायज चिन्ता थियो। राजनीतिक स्थायित्वसँगै हामीले लगानीको क्षेत्रमा जुन महत्वपूर्ण कानुनी सुधार गरेका छौं।

    कतिपय कम्पनीले त ठूलो मुनाफा आर्जन गरेका छन्। हाम्रो मुख्य जोड लगानीका लागि विश्वासको वातावरण निर्माण गर्ने हो। त्यसका लागि सरकारको प्रयास निरन्तर छ।

    नेपालको कुन-कुन क्षेत्रमा गैरआवासीयको लगानी भित्र्याउँदा उपयुक्त हुन्छ?

    हामीले विकासका पाँच प्राथमिकता निर्धारण गरका छौं। कृषिको आधुनिकीकरण, ऊर्जा, जलस्रोतको बहुआयामिक विकास, पर्यटन प्रवर्द्धन, पूर्वाधार निर्माण र जनशक्ति विकास हाम्रा प्राथमिकता क्षेत्र हुन्। यी जुनसुकै क्षेत्रमा पनि तपाईंले लगानी गर्दा मुनाफाको पर्याप्त वातावरण छ।

    नेपालमा भौगोलिक विविधता रहेको हुँदा जुनसुकै वस्तु पनि उत्पादन गर्न सक्ने अवसर छ। खासगरी अर्गानिक खेती, जडीबुटी, निर्यातजन्य वस्तु  प्रसिद्ध छन्। विश्व बजारमा कृषिको आधुनिकीकरणका लागि फुड प्रोसेस उद्योगमा लगानीको पर्याप्त सम्भावना छ।

    यसमा गैरआवासीयका निम्ति थप सुविधा के छ भने केही क्षेत्र विदेशी लगानीका लागि खुला गरेका छैनौं। तर, गैरआवासीयले नेपालीसरह लगानी गर्न सक्नेछन्। दोस्रो, नेपालमा जलस्रोतको प्रचुर सम्भावना छ। केही लगानी उहाँहरूले सुरु गरे पनि त्यो  पर्याप्त छैन। हाम्रो आन्तरिक बजार पनि दिनप्रतिदिन बढ्दै छ। हाम्रो छिमेकमा ऊर्जाको माग ठूलो छ। उहाँहरूको ऊर्जाको तिर्खा मेटाउन नेपालले धेरै गर्न सक्छ। हामीले राम्रोसँग उत्पादन गर्न सक्यौं भने त्यो सम्भव छ। पर्यटन उद्योगमा केही गैरआवासीयले राम्रो लगानी गर्नुभएको छ। यसमा अझ लगानी बढाउनुपर्नेछ।

    सक्नुहुन्छ भने स्वदेश फर्किनुस्। हरेक देशले फड्को मार्ने एउटा अवसर प्राप्त गर्छ। अहिले नेपाललाई त्यो अवसर प्राप्त भएको छ। यो अवसरमा जसले सघाउँछ, त्यो ठूलो योगदान हो राष्ट्रका लागि। त्यसरी आउनेलाई हामी रातो कार्पेट बिछ्याएर स्वागत गर्छौं।

    यसका साथै शैक्षिक संस्थामा बसेर हासिल गर्नुभएको ज्ञान नेपालमा पनि त्यही गुणस्तरीय शिक्षा र जनशक्ति उत्पादनका लागि लगानी गर्न सक्नुहुन्छ। अर्को क्षेत्र भनेको पूर्वाधार हो। सुरुङ, द्रुत मार्गमा पनि उहाँहरूको सीप र ज्ञान उपयोगी हुन सक्छ। अथवा लिजका आधारमा पनि बनाउन सकिने नेपालको व्यवस्था छ। यसमा पनि उहाँहरूलाई स्वागत गर्न चाहन्छौँ। 

    विदेशमा बसेर गैरआवासीयले प्राप्त गरेकोे विज्ञतालाई नेपालमा सदुपयोग गर्न सरकारको विशेष योजना छ कि? 

    सरकारले यही विषयलाई ध्यानमा राखेर मन्त्रालयमा ब्रेन ग्रेन सेन्टर स्थापना गरेको छ। यो यस्तो डाटा बेस हो, जसमा संसारभर छरिएका विज्ञलाई नेटवर्किङ गर्छौं। उहाँहरूको विज्ञताको प्रोफाइल राख्छौं र समूह बनाएर विभिन्‍न मन्त्रालयसँग जोड्छौं।

    यसमा हामीले एनआरएनसँग तीनवटा अपेक्षा राखेका छौँ। पहिलो, सक्नुहुन्छ भने स्वदेश फर्किनुस्। हरेक देशले फड्को मार्ने एउटा अवसर प्राप्त गर्छ। अहिले नेपाललाई त्यो अवसर प्राप्त भएको छ। यो अवसरमा जसले सघाउँछ, त्यो ठूलो योगदान हो राष्ट्रका लागि। त्यसरी आउनेलाई हामी रातो कार्पेट बिछ्याएर स्वागत गर्छौं। दोस्रो, आंशिक समय दिएर सहयोग गर्न सक्नुहुन्छ। छुट्टीमा आएर नेपालको शिक्षा सुधारका लागि तालिम दिएर, विभिन्‍न विश्वविद्यालयमा गएर तपाईंहरूले अनुभव गर्नुभएको उत्कृष्ट पद्धति नेपाली शिक्षकलाई हस्तान्तरण गर्न सक्नुहुन्छ।

    तेस्रो, भौतिक रूपमा आउन नसके पनि प्रविधिमार्फत जोडिएर नेपाली पोलिसीमा योगदान दिएर अनुसन्धानमा सहयोग गर्न सक्नुहुन्छ। यसरी पूर्ण रूपमा आउन चाहने, आंशिक रूपमा आउन चाहने वा प्रविधिबाट जोडिन चाहनेका लागि पनि खुला छौं। 

    नेपालको आर्थिक समृद्धिको नारा पूरा गर्न गैरआवासीय नेपालीलाई आगामी दिनमा कस्तो खाले भूमिका खेल्न जोड दिनुहुन्छ?

    म दुइटा कुरामा जोड दिन्छु। उहाँहरुले पुँजीलाई नेपालमा लगानी गर्नुपर्छ। त्यसबाट दुइटा लाभ हुन्छ। पहिलो, उहाँहरूले नेपाल छाडेको भए पनि जरा त यहीँ छन्। नेपाल विकसित हुँदै जाँदा त्यस देशको नागरिक हो भन्‍नमा थप गौरव हुनेछ।

    नेपाल दक्षिण एसियाको उदयमान अर्थतन्त्र भएको देश हो। यो वर्ष हामी आर्थिक वृद्धिको हिसाबले बंगलादेशपछि दोस्रो स्थानमाछौँ। छिट्टै अल्पविकसितबाट विकासशील राष्ट्रमा पुग्दैछौँ। १०-१२ वर्षको अन्तरालमा मध्यम आय भएको मुलुकमा पुग्नेछौं। नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेको छ। नेपाल कसैसँग पनि वैरभाव नराख्ने शान्तिप्रिय मुलुक हो। संस्कृतिको धनी छ।

    दोस्रो, विशुद्ध व्यावसायिक हिसाबले हेर्ने हो भने पनि नेपालमा लगानी मुनाफायुक्त छ। प्रतिस्पर्धा कम छ। त्यसैले बढीभन्दा बढी लगानीका लागि आह्वान गर्न चाहन्छु। जति गर्नुभएको छ, सकारात्मक छ। अझै पनि संसारभर छरिएका नेपालीको थोपाथोपा गरी संकलित पुँजी एकीकृत रूपमा जम्मा हुन सकेको छैन। थुप्रै मेगा प्रोजेक्ट सञ्चालन गर्ने गरी नेपालीले सफलता हासिल गरेका छन्। त्यो राम्रो छ। नेपाली नपुगेको ठाउँ छैन। उत्कृष्ट विश्वविद्यालय, नासा, फेसन डिजाइनिङमा नेपालीको अग्रता छ। उत्कृष्ट व्यावसायिक रूपमा आफूलाई स्थापित गराउनुभएको छ। उहाँहरू सुखी हुनु भनेको नेपाली सुखी हुनु हो।

    यसलाई नेपालसँग जोड्न सके दुवै पक्षलाई लाभ हुन्छ। त्यसैले उन्‍नत किसिमको लगानीका लागि पनि आह्वान गर्छु। त्यस्तै, विश्वमा नेपालको सकारात्मक सन्देश सम्प्रेषण गर्न जरुरी छ। नेपालको नयाँ छवि बनाउन उहाँहरूले सहयोग गर्न सक्नुहुनेछ। नेपाल लामो समयसम्म द्वन्द्वमा अलमलियो, संक्रमण कालमा अलमलियो, राजनीतिक अस्थिरताको सिकार भयो। बाहिर अझै पनि नेपालप्रतिको छवि परिवर्तन भएको छैन।

    तर, अब नेपाल त्यस्तो रहेन। नेपाल दक्षिण एसियाको उदयमान अर्थतन्त्र भएको देश हो। यो वर्ष हामी आर्थिक वृद्धिको हिसाबले बंगलादेशपछि दोस्रो स्थानमाछौँ। छिट्टै अल्पविकसितबाट विकासशील राष्ट्रमा पुग्दैछौँ। १०-१२ वर्षको अन्तरालमा मध्यम आय भएको मुलुकमा पुग्नेछौं। नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेको छ। नेपाल कसैसँग पनि वैरभाव नराख्ने शान्तिप्रिय मुलुक हो। संस्कृतिको धनी छ। नेपालको यो छविलाई गैरआवासीय नेपालीले विश्वमा स्थापित गराउन योगदान दिन सक्नुहुन्छ। 

    गैरआवासीय सम्मेलनमा आउने संसारभरका नेपालीलाई के सन्देश दिन चाहनुहुन्छ? 

    गैरआवासीय सम्मेलन जहिले पनि चुनावको छायामा पर्छ। आफ्नो क्षमतालाई नेपालको विकासमा कसरी उपयोग गर्ने, आफूले त्यो सफलता कसरी प्राप्त गरियो भन्ने उदाहरण बाँड्ने अवसर प्रायः प्राप्त हुँदैन। यो कुराबाट कसरी बच्न सकिन्छ। निर्वाचन नगर्नु त भन्न सकिँदैन। तर, त्यो प्रतिस्पर्धाले सम्मेलनको अरू महत्वपूर्ण कार्यसूची ओझेल नपार्ने विधि अपनाउन सकिन्छ।

    निर्वाचनको समय बढाएर एउटा सम्मेलनमा विशुद्ध निर्वाचनमा मात्रै केन्द्रित गर्ने, अर्को सम्मेलनमा विशुद्ध लगानी नेपालको छवि प्रवर्द्धन सम्बन्ध विकासमा केन्द्रित गर्ने गरी नीति सम्मेलन गर्न सकिन्छ कि? अन्यथा यसरी संसारबाट आउनुभएकाले आफ्नो सफलताका कथा सुनाउन पाउनुहुन्‍न। हामी उहाँहरुका कथा सुन्‍न चाहन्छौं। तर, निर्वाचनले यसलाई छायामा पार्छ। यस विषयमा अलिकति ध्यान दिनुस् भन्‍ने मेरो आग्रह छ। 

    (एनआरएनए बुलेटिन २०७६ बाट)

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]