अझै पाँच दिन हिरासतमै बस्नुपर्ने

|

काठमाडौं : संसद सचिवालयकी कर्मचारीलाई बलात्कारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा १० दिनसम्म प्रहरी हिरासतमा बसे। असोज १९ देखि महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महरा बिरामी परेपछि केही दिन थापाथलीस्थित नर्भिक अस्पतालमा बसे।

उच्च रक्तचापसहितबाट पीडित उनलाई मंगलबार काठमाडौं जिल्ला अदालत खुलेपछि प्रहरीले सबैभन्दा पहिले बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍यायो ।

खैरो रङको टिसर्ट र पाइन्टमा उदास देखिएका महरा जिल्ला अदालत काठमाडौंमा हाजिर गराउँदा उदास देखिन्थे। चश्मा लगाइरहने उनी सरकारी वकिलको कार्यालयमा पनि मलिन थिए। 

प्रहरीको बाक्लो सुरक्षाबीच सरकारी वकिलको कार्यालयमा केही घण्टा राखिएपछि महरालाई दिउँसो जिल्ला अदालतमा उपस्थित गराइयो। जहाँ तीन घण्टा बढी समय म्याद थपका लागि आवश्यक प्रक्रिया तथा पक्ष विपक्षको बहसपछि उनलाई तीन दिन थप हिरासतमै राख्न अनुमति दिइयो।

जिल्ला अदालतका न्यायाधीश दीपकुमार दाहालले महरालाई शुक्रबारसम्म हिरासतमै राख्न अनुमति दिए। अब उनलाई सरकारी वकिले भ्याएमा शुक्रबारै यदि नभ्याएमा आइतवार मात्रै अदालतमा पेश गर्नेछन्। 

महरा अब अझै पाँच दिन प्रहरी हिरासतमा रहनेछन्।  महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहँदा बिरामी भएपछि महरालाईथापाथलीस्थित नर्भिक अस्पतालमा राखिएको छ।  

गत असोज १९ गतेदेखि महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महराविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान पूरा गरिसकेको जनाएको छ।  दशैँ बिदासहित १० दिन महराले प्रहरी हिरासतमा बिताइसकेका छन्। 

सरकारी पक्षले अबको तीन दिनभित्र अनुसन्धान पूरा गर्ने मागसहित जिल्ला अदालतसमक्ष यस्तो माग गरेको थियो। संसद सचिवालयकी कर्मचारीमाथि उनकै कोठामा गएर बलात्कार गरेको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिइसकेका छन् भने सांसद पदबाट पनि निलम्वित अवस्थामा छन्। 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.