समाज

प्रहरी हिरासतमा रहेका आलमले भने, 'दूधको दूध र पानीको पानी छुट्टिन्छ'

असोज २८, २०७६

    रौतहट : प्रहरी हिरासतमा रहेका रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्वित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले दूधको दूध र पानीको पानी छुटिने बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले म्याद थप गर्न जिल्ला अदालत आएका नेता आलमले यस्तो बताएका हुन्।

    अरु कुरापछि भन्ने भन्दै नेता आलमले पत्रकारसँग कानुनलाई आफूले सहयोग गर्ने बताए। नेता आलमले अरु केही बोलेनन्। यता जिल्ला अदालत रौतहटले घटनाको अनुसन्धानको लागि गत असोज २६ गतेदेखि लागू हुने गरी ७ दिनको म्याद थपेको छ। अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धान गर्नका लागि प्रहरीलाई म्याद दिएको हो।

    १२ वर्षअघि २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो। निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत पुर्‍याइएका आलमले न्यायाधीशसामू सो घटनाको मुद्दा २०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्चर्य लागेको बताएका थिए।

    म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट प्रर्‍याइएको छ। यता आलम पक्राउ परेपछि पीडित परिवारले न्याय पाउने आशा पलाएको बताएका छन्। जाहेरीकर्ता तथा मृतक त्रिलोकप्रताप सिंहका बुबा ७९ वर्षीय श्रीनारायण सिंहलाई घटनाको १२ वर्षपछि न्याय पाउने आशा पलाएको बताए।

    ठूलो मान्छेले अपराध गर्दा सजाय हुन्छ कि हुँदैन भन्ने कुरा अब अदालतको निर्णयपछि थाहा हुने उनको भनाई छ। यसैगरी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले आलम दोषी ठहरिए कानुन बमोजिम कारवाही हुने बताए। 
     

रमेश तिमल्सिना

तिमल्सिना थाहा खबरका रौतहट समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]