|

हेटौंडा : कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका एक फरार व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका ८ इपाका ४० बर्षीय जीतबहादुर थिङ रहेका छन्।  

थिङले २०५९ साल असोज २७ गते स्थानीय ४७ बर्षीय बुद्धिबहादुर गोलेलाई कुटपिट गरी घाइते बनाएकोमा सोही चोटका कारण उनको कार्तिक ४ गते मृत्यु भएको थियो। उक्त मुद्दामा जिल्ला अदालत मकवानपुरले २०६७ साल जेठ ३१ गते १० बर्ष कैद हुने फैसला गरेको थियो।

सोही अवस्थामा फरार रहेका उनलाई प्रहरीले सोमबार इपाबाटै पक्राउ गरी मंगलबार अदालत पेश गरेको थियो। उनलाई कैद भुक्तानका लागि भीमफेदी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.