|

स्पेन युरोकप २०२० का लागि छनोट भएको छ। समूह एफमा रहेको तीनपटकको च्याम्पियन स्पेनलाई छनोट हुनका लागि एक अंक आवश्यक रहेको थियो। जसको इन्जुरी समयमा रोड्रिगोले स्विडेनसँगको संभावित हार टार्दै महत्वपुर्ण अंक खोसेपछि स्पेनले युरोकपमा स्थान सुरक्षित गरेको हो।

शीर्ष स्थानमा रहेको स्पेनको ८ खेलबाट २० अंक भएको छ।  यसअघिनै बेल्जीयम, इटाली, रसिया, पोल्यान्ड र युक्रेनले युरोकपमा स्थान बनाइसकेका छन्। अन्य टिमको टुंगो भने निरन्तर लाग्दै गएको छ।

पहिलो हाफमा दुवै टीमले गोलरहित बराबरी खेलेको खेलमा दोस्रो हाफमा भने स्वीडेनले अग्रता बनाउन सफल भएको थियो।  खेलमा अग्रता स्विडेनले लिएको थियो। खेलको ५० औ मिनेटमा मार्कस बर्गले गोल गर्दै स्विडेनलाई अग्रता दिलाए। दोस्रो हाफमा चोट बोक्दै मैदान छाड्नु अघि स्पेनका गोलरक्षक डेभिड डी जियाले रोबिन क्वेसनको उत्कृष्ट हेड बचाउ गरेका थिए।

चोटसँगै प्रिमियर लिगको आइतबार म्यानचेस्टर युनाईटेडबाट लिभरपुलविरुद्धको खेलमा उत्रने संभावना कमजोर बनेको छ। प्रिमियर लिगमा युनाईटेड खराव प्रदर्शनको सिकार भइरहँदा उत्कृष्ट गोलरक्षकको ह्यामिस्ट्रीङको समस्या झने तनावपुर्ण हुने देखिएको छ।

समुह एफबाट स्पेनले ८ खेलबाट २० अंक जोड्दा अब उसले दुई खेल खेल्न बाँकी छ। दोस्रो स्थानमा रहेको स्वीडेन पनि छनोट नजिक छ। स्वीडेनको १५ अक छ। यद्धपि उसलाई रोमानियाले १४ अंकका साथ टक्कर दिइरहेकाले आगामी खेलमा निश्चित जितको प्रयासमा स्वीडेन रहने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.