|

काठमाडौं : नेपालमा पहिलो पटक आयोजना हुन लागेको महिला फ्रेन्चाइजी क्रिकेट लीग डब्लुसीएल आजबाट काठमाडौंमा शुरु हुदैछ। 

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिताको पहिलो खेलमा आज क्याट क्विन्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुर क्रिकेट मैदानमा हुने खेल विहान साढे ११ बजेबाट सुरु हुनेछ। प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउने सार्वजनिक भइसकेको छ।

यस्तै ब्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीले ५० हजार र एक थान टिभिएस स्कुटर पाउनेछन्। यस्तै बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले २५–२५ हजार रुपैयाँ तथा ओमन अफ दि म्याचले पाँच हजार रुपैयाँ हात पार्ने छन्। 

कात्तिक ७ गतेसम्म चल्ने प्रतियोगिताको दोस्रो खेलमा क्याट क्विन्सको भेट पोखरा पल्टनसँग हुनेछ। प्रतियोगितामा सहभागिता जनाउने टिममा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल्स रोयल्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स रहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.