|

तनहुँ : रेशम खेतीतर्फ किसानलाई प्रोत्साहन गर्न किम्बुको नमुना फार्म सञ्चालनमा ल्याइएको छ। आयआर्जन राम्रो भए पनि उत्पादन र किसानलाई खेतीमा टिकाउन समय लाग्ने भएपछि प्रजनन् पिंढी बिजकोया स्रोत केन्द्रले किम्बु खेतीलाई प्राथमिकता राखेको छ।

केही समयअघि बन्दीपुरमा अनुसन्धानका लागि केन्द्रले रेशम खेती सञ्चालनमा ल्याएको छ। रेशम किराका लागि आवश्यक पर्ने किम्बुको अभाव हुन नदिन किम्बु खेतीको नमुना फार्म सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ। रेशम खेतीप्रति किसानलाई आकर्षित गर्न नमुना फार्म किम्बु खेती क्षेत्र विस्तार कार्यक्रम ल्याएको हो। खेती गर्ने किसानलाई प्रोत्साहन गर्नका लागि यस कार्यक्रममा बिरुवामा ५० प्रतिशत अनुदान र ढुवानी तथा प्राविधिक सेवामा शतप्रतिशत नै अनुदानको व्यवस्था गरिएको केन्द्रले जनाएको छ।

तनहुँलगायत लमजुङ र गोरखाका किसानले अनुदानको सुविधा पाउने यस कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको केन्द्रका कार्यालय प्रमुख शंकरप्रसाद न्यौपानेले जानकारी दिए। उनका अनुसार १०० रोपनी जग्गामा खेती गर्न चाहने किसान, कृषक समूह, सहकारी, गैरसरकारी संस्थाका लागि सो बजेटको व्यवस्था गरिएको हो। 

५० जना किसानका लागि शतप्रतिशत अनुदानमा किम्बु खेती तथा रेशम खेती र रेशम किरापालन स्थलगत तालिमको व्यवस्था गरिएको केन्द्रले जनाएको छ। ‘रेशम खेतीमा नाफा धेरै हुने भए पनि प्राविधिक ज्ञानको अभावले कृषकहरु विकर्षित भएकाले तालिम प्रदान गर्न लागिएका हौं,’ न्यौपानेले भने। प्रविधिको प्रयोग गरी रेशम खेतीलाई बृद्धि गर्नका लागि कृषकलाई सचेतना जगाउन आवश्यक देखिएको केन्द्रले जनाएको छ। 

तनहुँलगायत लजमुङ, गोरखा र पूर्वी नवलपरास सात हेक्टर जमिनमा फार्म रहेको र त्यसमा चार हेक्टरमा किम्बु खेती गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.