|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपीङको स्वागत गर्न सहयोग गरेकोमा सम्पुर्ण नेपालीहरुलाई धन्यवाद दिएकी छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘चीनका महामहिम राष्ट्रपति सी चिनफिङलाई न्यानो स्वागत गर्दै ऐतिहासिक भ्रमण सफल पार्न सहयोग गर्ने नेपाली दाजुभाई तथा दिदीबहिनी, सुरक्षा अङ्ग, आमसंचार र सम्बद्ध सबैलाई हार्दिक धन्यवाद !  महामहिमको यस भ्रमणबाट जनतामा देखिएको खुशी र उत्साह साकार पार्न मेरो अनवरत प्रयास हुनेछ।'

चिनियाँ राष्ट्रपति सी २ दिने नेपाल भ्रमणमा असोज २५ गते आइपुगेका थिए। भ्रमणका क्रममा केहि महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.