|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि बुधबार (आज) शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको नेकपाले जनाएको छ।

चियापानका लागि १ बजेदेखि ३ बजेसम्मका  लागि सर्वसाधारणका लागि निम्ता गरिएको छ भने ३ बजेदेखि पाँच बजेसम्मका लागि नेताहरुलाई निम्ता गरिएको नेकपाले जनाएको छ। एक लाख निम्ता कार्ड बाडिएको नेकपाले जनाएको छ भने निम्ताकार्ड नपुगेकाहरुलाई विज्ञप्ती जारी गर्दै नेकपाले विज्ञप्तीलाई नै निम्ता मानेर आउन भनेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.