|

कैलाली :  जिल्ला प्रहरी कार्यालय कैलालीले जुवा खालबाट वडाध्यक्ष, सरकारी कर्मचारीसहित सात जनालाई पक्राउ गरेको छ। 

मङ्गलबार राति धनगढी उप महानगरपालिका–३ बाट बाजुराको खप्तड छेडे दह गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावत, नेपाल आयल निगम धनगढीका उप प्रबन्धक नरबहादुर ऐर, खाद्य संस्थानका एक जना कर्मचारी सहित सात जना पक्राउ परेका हुन्। 

उनीहरूको साथबाट प्रहरीले ८८ हजार ४०५ नगद रुपैयाँ र तीन गड्डी तास बरामद गरेको जनाएको छ। वडाध्यक्ष, सरकारी कर्मचारी सहित धनगढी उप-महानगरपालिका–३ का ४३ वर्षीय हरि सिंह बोहरा, वडा नम्बर ३ का ३७ वर्षीय गणेश बहादुर साउद, ४३ वर्षीय तारा चन्द, ३३ वर्षीय प्रकाश भाट र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का ४८ वर्षीय गिरीराज पाण्डेय रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.