अवरोध खुलाउन सुरक्षा कर्मीको बल प्रयोग

|

दैलेख : जिल्लामा बुधबारदेखि सञ्चालन हुन लागेको दैलेख महोत्सवमा आयोजकले उद्योग वाणिज्य सङ्घ र व्यापारीसँग कुनै पनि समन्वय नगरी महोत्सव सञ्चालन गर्न लागेको भन्दै बुधबार बिहानदेखि आम हडताल सहित आन्दोलन गदै जिल्ला भर सञ्चालन हुने यातायातका साधन सहित सदरमुकाम दैलेख बजार बन्द गरेका छन्।

सङ्घीयता पछि सदरमुकामको व्यवसाय ओरालो लागेको र व्यापार व्यवसाय हुने चाड वाडको समयमा महोत्सव सञ्चालन हुन लागेपछि व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने भन्दै उद्योग वाणिज्य सङ्घ र व्यापारीहरूले आन्दोलन गरेका हुन्।

नारायण नगरपालिका दैलेखले महोत्सवको आयोजना गर्न सेती ब्राहा मिडिया प्रालिलाई अनुमति दिइसकेको छ भने वाणिज्य सङ्घले नगरपालिकाले अनुमति दिँदा कुनै पनि समन्वय नगरी एकलौटी काम गरेकाले व्यापारीको हक हितका लागि आन्दोलनमा उत्रिन बाध्य भएको दैलेख वाणिज्य सङ्घका महासचिव राजेश हमालले बताए।

अवरोध खुलाउन सुरक्षाकर्मीले बल प्रयोग

नारा जुलुस सहित आन्दोलनमा उत्रिएका व्यापारी र सङ्घले बजार बन्द गर्दै अवरोध गरेपछि अवरोध खुलाउन सुरक्षाकर्मीले बल प्रयोग गरेको छ। दैलेखको मुख्य चोक देवकोटा चोकमा आन्दोलित व्यापारी संघ र सुरक्षकर्मीबीच केहिबेर स्थिति तनाव ग्रस्त बनेको थियो।

स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरी बाटो छेकेर बसेका व्यापारीलाई उक्त ठाउँबाट हटाएको थियो भने अहिले पनि सङ्घ र व्यापारीहरूले व्यापारी एकता जिन्दाबाद प्रहरी दमन मुर्दा वाद महोत्सव स्थगित गर जस्ता नारा लगाउँदै आन्दोलन जारी राखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.