|

डडेल्धुरा : सुरक्षाका सामग्री प्रयोग नगरीकनै मजदुरहरुले जोमिखपूर्ण अवस्थामा काम गर्दै आएका छन्। दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुरहरुले सुरक्षाका लागि प्रयोग गर्ने कुनै पनि वस्तु प्रयोग गर्दैन्न। भौतिक पूर्वाधार निमार्णका क्षेत्रमा काम गर्ने मजदुरहरु कसैले पनि सुरक्षाका लागि प्रयोग गरिने वस्तु प्रयोग नगर्ने गरेका हुन्।

कालोपत्रेको धमाधम काम भइरहेको डोटीको बुडरदेखि डडेल्धुराको भित्रीमधेस जोगबुडा जोड्ने बुडर–जोगबुडा सडक खण्डमा काम गर्ने मजदुरहरुले सुरक्षाका लागि प्रयोग गरिने कुनै पनि वस्तु प्रयोग गर्ने गरेका छैन्न। जसले गर्दा सम्भावित सामान्य चोटपटकले मजदुरहरुको स्वास्थ्यमा गम्भीर खतराको सम्भावना बढेको छ।

जोखिम मोलेरै काम

काम गर्दा सुरक्षाका लागि मजदुरहरुले हेलमेट, पञ्जा, बुट, जगेट, चस्मा अनिवार्य रुपमा प्रयोग गर्नु पर्ने भए पनि मजदुरहरुले भने प्रयोग गर्ने गरेका छैन्न। उनिहरु जोखिम मोलेरै काम गर्न बाध्य छन्।

भौतिक निर्माणका काम गर्दा ठेक्का सम्झौता भएका निर्माण कम्पनी वा काममा लगाउने जो कसैले पनि मजदुरको स्वास्थ्य सुरक्षाका लागि लगाइने सामग्री अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने प्रावधान छ। तर, काममा लगाउने ठेकेदारहरुले सुरक्षाका त्यस्ता सामग्री उपलब्ध नगराउने भएका कारण मजदुरहरू जोखिम मोलेरै काम गर्न बाध्य छन्।

प्रत्येक नागरिकको जिउधन, स्वास्थ्य, सुरक्षाको ग्यारेण्टि नेपालको संविधानले गरेको छ। तर, निर्माण काम्पनीको लापार्वाहीका कारण मजदुरहरुले सम्भावित जोखिम मोलेरै भएपनि काम गर्नुपर्ने बाध्यता छ। सरोकारवालाले पनि यस विषयमा कुनै चासो नदिँदा संविधानमा उल्लेख गरिएका मौलिक हकको मजदुरले प्रत्याभूत गर्न सकेका छैनन्।

ठेकेदारले दिन्छु भन्छन् तर दिँदैनन्

‘हामीले आफ्नो सुरक्षाका लागि हेलमेट, पञ्जा, बुट, जगेट लगाउने हो।’ बुडर–जोगबुढा सडक खण्डमा पर्खाल लगाउने काम गरिरहेका मजदुर गणेश मगरले भने, ‘तर ठेकेदारले दिउँला भनेका हुन् अहिलेसम्म दिएका छैन्न। काम पनि लगभग सकिनै लाग्यो।’

चोटपटक नलोग भनेर सुरक्षाका लागि हेलमेट लगाउने हो सोही सडकमा काम गरिरहेका भीमबहादुर थापा सिंजालीले भने, ‘कम्पनीले दिएको छैन। कम्पनीलाई दिनुस् भनेर पनि भनेको तर अहिलेसम्म दिएका छैन्न।’

 सुरक्षाका लागि लगाउनु पर्ने भए पनि कम्पनी वा ठेकेदारले उपलब्ध नगराउन सुरक्षाका लागि प्रयोग गरिने सामग्री बिना नै काम गर्नुपर्ने बाध्यता रहेको मजदुरहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.