सर्वसाधरण र भीआईपीलाई फरक व्यवस्था

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार भृकुटीमण्डपमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिरहेको छ। 

मध्यान्ह १२ बजेदेखि सुरु भएको चियापान कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुभकामना मन्तब्य दिएका छन्। अध्यक्षद्वयले चियापानका लागि १ लाखलाई निमन्त्रणा कार्ड पठाएका थिए। 

जसमा दलका नेता, संवैधानिक तथा अन्य सरकारी अंगका प्रमुख, पत्रकार, नेपालस्थित विदेशी कूटनीतिज्ञ र नेकपाका कार्यकर्ता तथा सर्वसाधरणको भृकुटीमण्डपमा बाक्लो भीँड लागेको छ। नेकपाले शुभकामना कार्यक्रममा ५० हजार जना उपस्थित हुने अनुमान गरेको छ। 

नेकपाले पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणले भोलि अपराह्न १२ देखि ३ बजेसम्म चियापानको व्यवस्था गरेको छ। भीभीआईपी, भीआईपी, कूटनीतिक नियोगका अधिकारीसहितलाई दिउँसो ३ देखि ५ बजेसम्म समय तोकिएको छ। 

के छ खाजा 

शुभकामना कार्यक्रममा आउनेलाई नेकपाले चिया र खाजा व्यवस्था गरेको छ । चिया र खाजाको व्यवस्थापन आम्रपाली ब्याङ्क्वेटलाई दिइएको छ। 

नेकपाले भीआईपी र सर्वसाधणलाई चिया-खाजा कप र प्लेट फरक फरक राखिएको छ। सर्वसाधारण र नेकपाका नेता कार्यकर्तालाई प्लास्टिकको कप र प्लेटमा खाजा दिइएको छ। खाजाका परिकारमा केरासहितका फलफूल, लड्डु, बर्फी, निम्की र स्याण्डविच राखिएको छ। 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.