|

चितवन : नेपाली कांग्रेस चितवनले मंसिर १४ गत्ते हुने उपनिर्वाचनका लागी उम्मेद्धारको टुंगो लगाएको छ। भरतपुर महानगरपालिका १६ को वडा अध्यक्षका लागी अमृत हमालको नाम टुंगो लगाइएको कांग्रेस चितवनका सचिव उत्तम जोसीले बताए।

यसअघिका वडा अध्यक्ष चतुरमान गुरुङको क्यान्सरका कारण निधन भएको थियो। उनि तत्कालीन नेकपा एमालेबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए। यसअघि भएको निर्वाचनमा निकटतम प्रतिद्धन्दीका रुपमा रहेका हमाल थोरै मतान्तरले पराजित भएका थिए।

यस्तै खैरहनी नगरपालिकाको वडा न ४ र ५ को उम्मेद्धार पनि टुंगो लगाउने अन्तिम प्रयास भईरहेको जोसीले बताए। उनका अनुसार सम्बन्धीत वडा कमिटिले टुंग्याउने तयारी गरीरहेको छ, अबको केहि दिनमा फाईनल नाम सार्वजनिक हुनेछ।

वडा न ४ का अध्यक्ष नरेन्द्र अधिकारी र वडा न ५ का अध्यक्ष विश्वविजय बस्नेतको सवारी दुर्घट्नामा परी निधन भएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.