|

म्याग्दी  : म्याग्दीको आर्कषक पर्यटकीय गन्तब्य टोड्केमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ।

बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगममा अवस्थित टोड्के (२,५००मिटर) मा अवस्थित टोड्केमा दशैंतिहारको विदामा घुम्न जाने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन्।

सदरमुकाम बेनीबट पैदल तथा सडक सञ्जालमार्फत सजिलै पुग्न सकिने छोटो दूरीको सुन्दर गन्तब्यको रुपमा चिनिएको टोड्केमा सुविधासम्पन्न रिर्सोट सहित धमाधम पूर्वाधार बनेपछि धौलागिरी क्षेत्रका साथै विभिन्न जिल्लाबाट पर्यटक पुग्न थालेको टोड्के रिर्सोट प्रालिका निर्देशक भिम शेरचनले बताए। ‘दशैंलगत्तै घुम्न जानेको भीड देखिएको छ,‘दैनिक ३० जनाले एक रात टोड्कै विताएर फर्किन्छन्’ शेरचनले भने।

उहाँका अनुसार टोड्केमा घुम्न जानेको संख्या अत्याधिक भएपनि रिर्सोटमै बसेर विहानको सुर्योदय सहितको दृष्य हेर्ने व्यवस्था समेत मिलाइएको छ।

शेरचनले काठमाण्डौबाट बेनी हुँदै पैदलमार्गको प्रयोग गरी पुलाचौरको जगन्नाथ क्षेत्रबाट टोड्केमा पुगेर त्यहाँबाट मालिकाधुरीसम्म जाने ३३ जनाको टोली समेत आएको जानकारी दिए।

करिव ३ करोडको लागतमा निर्मित रिर्सोटमा दैनिक १ सय जनाको क्षमता भएकाले काठमाण्डौ लगाएतका क्षेत्रमा समेत प्रचारप्रसार भइरहेको उनको भनाइ रहेको छ।

प्राकृतिको अनुपम उपहार,वरीपरी लालीगुराँसको जंगल, स्वर्गद्धारीको शाखा आश्रम, मनोरम दृष्यावलोकन गर्न सकिने भएकाले पनि घर विदामा आएको बेलामा घुम्न आएको अमेरिकाबाट आएका हिराबहादुर खत्रीले बताए।‘म्याग्दीको उत्कृष्ट गन्तब्यमा पनि पर्छ, अहिले पूर्वाधार बनेर पनि सहज भएको छ’ खत्रीले भने। उनले टोड्केमा रिर्सोटसँगै अन्य पूर्वाधार बनेको देखेर दंग परेको बताए।

समुन्द्री सतहदेखि झण्डै २ हजार चारसय मिटरको उचाइमा अवस्थित पर्यटकीयस्थल टोड्के आसपासको क्षेत्रबाट मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन्। पछिल्लो समय मंगलाको कुहुँ, पूर्णगाउँ र रघुगंगाको झीँ गाउँबाट सडक सञ्जाल जोडिएसँगै टोड्के रिङरोड बनेपछि थप आकर्षणको क्षेत्र बनेको छ।

 माघ र फागुन महिनामा लालीगुराँसले राताम्मे हुने टोड्केमा विभिन्न समयमा पिकनीक खानका लागि मानिसहरु त्यहाँ पुग्ने गरेका छन्।टोड्के कृषि उत्पादन तथा धार्मिक हिसाबले महत्वपूर्ण छ।

टोड्केमा रहेको स्वर्गाश्रममा देशका विभिन्न जिल्लाबाट समय समयमा ऋषिमुनिहरु आएर तपस्या गर्ने गरेका छन्। टोड्केलाई गण्डकी प्रदेशकै सुन्दर पर्यटकीय गन्तब्यको रुपमा समेत चिनिन थालेको छ। म्याग्दीमा घुम्नै पर्ने पर्यटकीयस्थलमा टोड्केसमेत पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.