|

संखुवासभा : सोमबार भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। 

विशेष सुराकीको आधारमा चेपुवा प्रहरीले तोप्चेनलाई भोटखोला गाउँपालिका–२ को घट्टेखोलाबाट पक्राउ गरेको हो। भोटेले चिनको किमाथांका नाका हुँदै नेपाल ल्याउदै गरेको अवैध ५ किलोग्राम सुन सहित भोटखोला बाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख मिम लामा जानकारी दिए। चेपुवा प्रहरीले भोटेको झोला खानतलासी गर्दा झोलामा माथिबाट विस्कुट,छुर्पी,चक्लेट राखेको र त्यसको मुनिबाट गाढा निलो रंगको पट्याएर राखेको ज्याकेटको गोजीभित्र रातो झोलामा टेपले बाँधेर राखेको अवस्थामा ५ थान टिल सुन फेला परेको प्रहरीको भनाइ छ।

भोटेको साथबाट बरामद भएको ५ किलोग्राम सुन भए नभएको सुन चाँदी ब्यवसायीले खाँदबारीमा ल्याएर चेक जाँच गर्दा सुन नै भएको प्रमाणित भएको प्रहरी प्रमुख लामाले बताए। भोटेको साथ बाट बरामद भएको सुनको बजार भाउ तिन करोड सात हजार हुन बताइएको छ।

५ किलो सुन सहित पक्राउ परेका भोटे र बरामद भएको सुन सहित कानुनी प्रक्रियाका लागि राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुर पठाइने संखुवासभा प्रहरीले जनाएको छ। स्थायी घर मकालु गाउँपालिका–४ का भोटे खाँदबारी–१ मा बस्दै आएको प्रहरीले जनाएको छ।

भोटे आफुले ओसार पसार मात्र गर्न गरेको प्रहरीलाई बयान दिएका छन्। संखुवासभामा यति ठूलो परिमाणको सुन पक्राउ परेको पहिलो घटना हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.