|

म्याग्दी : म्याग्दीको ऐतिहासिकस्थल ताकमकोत पुनः निर्माणपछि चिटिक्कै बनेको छ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा न. ७ मा अवस्थित ताकमकोट तत्कालिन पर्वत राज्य अन्तर्गतको सामरिक र पुरातात्विक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण कोत मानिन्छ।

यहाँ वडादशैं, रामनवमी लगायतका चाडपर्वमा नित्य पूजा हुनुका साथै ठूलो मेला लाग्ने गरेको स्थानीय बयोवृद्ध पं बुद्धिप्रसाद सुवेदीले बताए।

ताकमको शीरमा अवस्थित कोतमा पुरातात्विक महत्वका प्राचीन शैली र एतिहासिक महत्वलाई कायम राख्ने गरी मन्दिरको पूननिर्माण सहित पदमार्ग लगाएत ब्यवस्थित पूर्वाधारसँगै भक्तजन ह्वात्तै बढेको मन्दिर पूननिर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताए।

स्थानीयको सक्रियतामा करिब १ करोडको लागतमा दशैं अघि मन्दिरको पूननिर्माण सहितको संरचना तयार गरिएको थियो। पुननिर्माण गरिएपछि एकदशक यताकै धेरै भक्तजनको आगमन भएको अध्यक्ष थापाले जानकारी दिए।

धवलागिरि गाउँपालिका बाहेक मालिका, मंगला तथा बेनी नगरपालिकाका साथै देशका विभिन्न जिल्लामा बासोबास गर्ने ताकमबासीले समेत आफ्नो मनोकामना पुरा हुन जनविश्वासका साथ मन्दिरमा आएका थिए।

मन्दिरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले ताकमकोतको पूननिर्माणले भक्तजनलाई सहज भएको बताए। त्यस्तै वडा अध्यक्ष कलानिधि शर्माले मन्दिरको प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउने योजना रहेको सुनाए।

ताकमकोत, जगन्नाथ अन्नपूर्ण मन्दिरको पुरानो स्वरुपलाई बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय बर्ष राज्य सञ्चालन गरेको मन्दिरमा धवलागिरी र मालिका गाउँपालिकाबाट बर्षेनी पुजाआजा गर्ने गरिन्छ।

समुन्द्री सतहदेखि दुई हजार ६ सय मिटर उचाईमा अवस्थित मन्दिरबाट धौलागिरी, गुर्जा, चुरेन, पुथा, निलगिरी, अन्नपूर्ण लगाएतका हिमश्रंखला, घना जंगल, ग्रामिण बस्तीको अवलोकन गर्न सकिन्छ। यसैबीच मन्दिरमा पुगेका भक्तजनले मन्दिरको पूननिर्माणका लागि ४ लाख ७३ हजार ५ सय २५ रुपैयाँ आर्थिक सहयोग गरेका थिए।

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.