|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा नैतिकताको संकट देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

वरिष्ठ नेता पौडेलले राजनीतिमा देखिएको नैतिक संकटलगायतका विकृति र विसंगतिलाई अन्त्य गर्न राजनीतिलाई सैद्धान्तिक बहसको बाटोबाट अघि बढाउनुपर्नेमा पनि जोड दिएका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि पनि सिद्धान्त र निष्ठाको राजनीतिलाई जोड दिनुपर्ने आवश्यकता औँल्याएका हुन्। पौडेलले लोकतन्त्रको रक्षाका लागि पनि राजनीतिक दलहरूले निष्ठाको राजनीतिलाई अघि बढाउनुपर्ने धारणा राखेका थिए।

पौडेलले लोकतन्त्रमा दलहरूबीच फरक मत भएपनि मुलुकलाई अघि बढाउने विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.