|

काठमाडौं : आफ्नो लगानी फिर्ता लैजान उद्योग विभागले उत्तर कोरियालाई पुन: अर्को पत्र काटेको छ। यसअघि दिएको म्याद सकिनै लाग्दा बुधबार विभागले लगानी समयमै फिर्ता लैजानको लागि पत्र काटेको हो। 

एक महिनाअगाडि मात्रै ४५ दिनको समय दिएर लगानी फिर्ता लैजान आग्रह गरेकोमा अहिलेसम्म फिर्ता लैजाने प्रकिया अघि नबढाएपछि पुनः पत्र काटिएको विभागका अधिकारीले बताएका छन्।

संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले उत्तर कोरियाको आणविक हतियार र क्षेप्यास्त्र मोहले विश्वमा खतरा उत्पन्न भएको भन्दै २०५० सालमा नाकाबन्दी लगाउने निर्णय गरेको थियो। २०७४ साउनमा परराष्ट्र मन्त्रालयलाई राष्ट्र संघको कोअर्डिनेटर नेसन्स सेक्युरिटी काउन्सिल प्यानल अफ एक्सपर्टले पत्र लेख्दै नेपालमा सञ्चालित उत्तर कोरियाली लगानीको व्यवसाय बन्द गर्न र कामदारलाई रोजगारी नदिन पत्र लेखेको थियो।

सोही आधारमा नेपालले लगानी फिर्राता लैजान भनेको हो। विभागका अनुसार ९ वटा उत्तर कोरियाली लगानीका व्यवसायमा संलग्न कामदारहरूको भिसासमेत अक्टोबर ३१ सम्मका लागि मात्रै थपिएको छ। उत्तर कोरियाली नागरिकले नेपालमा अस्पताल, रेष्टुरेण्ट र सफ्टवेयर निर्माण क्षेत्रका व्यवसायमा लगानी गरेको विभागले उल्लेख गरेको छ।

तनहुँको दमौलीमा नेकोर्यो अस्पतालमा ८० प्रतिशत शेयर उत्तर कोरियाली नागरिकको छ। हिमालयन सोजी रेष्टुरेन्ट, होटल रिमिन एण्ड रेष्टुरेन्ट, योङबोङ चाण्ड आइटी कम्पनी, बोटोङगाङग रेष्टुरेन्ट एण्ड बार, पोङयाङ अकुग्यान नेपाल, मिनस रेष्टुरेन्ट एण्ड बार, हिमाल चिल्बो टेक्निकल सोलुसन र पोङयाङ अकुग्यान रेष्टुरेन्ट उत्तर कोरियाली लगानी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.